१८ हजार ८८३ मत गन्दा भरतपुरमा विजयभन्दा रेनु ११९ मतले अगाडि
फाइल तस्वीर

भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।

अहिलेसम्म १८ हजार ८८३ मत गणना गर्दा पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार ३१९ मतका साथ अग्रता लिएकी छन् ।
    
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार २०० मतका साथ उनलाई पछ्याइरहेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ८१ मत प्राप्त गरेका छन् ।
    
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले सात हजार ६९९ र राप्रपाका हिमला गुरुङले पाँच हजार ८२ मत प्राप्त गरिन् । 

भरतपुर महानगरपालिका–५ को एक हजार ६१७ मत गणना हुँदा वडाध्यक्षमा गठबन्धनका युद्धप्रसाद श्रेष्ठले ७१७ मत र नेकपा एमालेका पदमपाणि सुवेदीले ६९९ मत प्राप्त गरेका छन् ।

यसअघि महानगरको वडा नं १, २ र ४ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा नेकपा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन् । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १४:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया