धनुषाका चार पालिकाको नतिजा : दुईमा कांग्रेस, एक/एकमा जसपा र एमाले विजयी
फाइल तस्वीर

धनुषाको चारवटा पालिकाको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । 

जिल्लाको लक्ष्मिनिया गाउँपालिका, औरही गाउँपालिका, धनौजी गाउँपालिका र जनकनन्दिनी गाउँपालिकाको परिणाम सार्वजनिक भएको हो । 

जसमध्ये दुईवटा पालिकामा नेपाली कांग्रेस, एउटा पालिकामा जसपा र एउटामा नेकपा एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन् । 

लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन ।

मिश्रले ३ हजार ७६५ मत ल्याउँदै लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का शत्रुधन यादवले ३ हजार ४९७ मत ल्याएका हुन ।



त्यस्तै, नेपाली कांग्रेसकी फूलकुमारी यादवनी ३ हजार ६२८ मत ल्याएर विजयी भएकी हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी बिमला कुमारी यादवले ३ हजार ४६० मत ल्याइन् ।



त्यस्तै, औरही गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमाशंकर प्रसाद साह निर्वाचित भएका छन ।

साहले ३ हजार ३२६ मत ल्याएर औरहीको अध्यक्षमा निर्वाचित भएका हुन ।
एनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रह्मदेव यादवले २ हजार ९२३ मत ल्याए । 

त्यस्तै उपाध्यक्षमा समेत एमालेकै पुनम साह २ हजार ९४९ मत ल्याएर विजयी भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिंकी कुमारी मण्डलले २ हजार ७९० मत ल्याइन ।

उता, धनौजी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । अध्यक्षमा राजकुमार साहले २ हजार २६२ मत ल्याएर विजयी भएका हुन् । 
उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । 

यस्तै उपाध्यक्षमा कांग्रेसकै रामबति देवी मण्डल निर्वाचित भएकी हुन् । उनले २ हजार ४३० मत ल्याएकी हुन् भने उनका निकटतम प्रतिद्वन्दी लोसपाकी रंजिता देवी मण्डलले १ हजार ९०१ मत ल्याएकी हुन् । 

यस्तै वडा नम्बर–१ बाहेक ४ वटा वडामा कांग्रेसकै वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नम्बर–१ मा लोसपाको प्यानल विजयी भएको हो ।

त्यस्तै, जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपीन देव निर्वाचित भएका छन् । यादवले ३ हजार १ सय ५७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी कमला सहगल निर्वाचित भएकी छन् । उनले २ हजार ९९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी गीता सुडीले २ हजार ८४० मत ल्याए ।

  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १६:५६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया