धनुषाको विदेह नगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि पुनः बेचन दास तत्मा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार दासले ४ हजार ४१२ मत ल्याउँदै पालिका प्रमुखमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका राजकिशोर यादव रोहिताले ३ हजार ४२६ मत ल्याएका छन् । त्यस्तै, कांग्रेसका उम्मेदवार योगेन्द्रप्रसाद यादवले १ हजार ८५८ मत ल्याए ।
उपमेयरमा भने नेकपा एमालेकी आशा झा ४ हजार ६५९ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सम्झना अधिकारीले २ हजार ८७० मत ल्याएकी छन् ।
त्यस्तै, नेपाली कांग्रेसकी सीमाकुमारी महतोले २ हजार ७८६ मत ल्याएकी छन् । नगरप्रमुखमा निर्वाचित तत्मा यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।