चौतारा साँगाचोकगढीको मेयरमा सभामुखका भाइ विजयी

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी भएका छन् ।

माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु) ११ हजार ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रत्याशी एमालेका इन्द्र नेपालले ६ हजार ७ सय ११ मत  ल्याए ।

उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापाले ९ हजार ७ सय २६ मत ल्याएर विजयी हुँदा उनकी प्रत्याशी नेकपा एमालेकी बालकुमारी सापकोटाले ६ हजार ५ सय ११ मत ल्याइन् ।

चौतारामा माओवादी र समाजवादीबीच चुनावी तालमेल भएको थियो । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु) सभामुख अग्निप्रसाद सापकोटाका भाइ हुन् । ०७४ सालको निर्वाचनमा पनि सो नगरपालिकामा माओवादीलेनै जितेको थियो । 

अहिलेसम्म सिन्धुपाल्चोकमा सातवटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका, बलेफी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, इन्द्रवती गाउँपालिका अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

नेकपा माओवादी केन्द्रको २, नेपाली कांग्रेस ४, १ नेकपा एमालेले प्रमुख पदमा विजयी हासिल गरेको छ । सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तहमध्ये ५ वटा पालिकाको मतगणना भने जारी छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १८:३९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया