धनकुटा नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको छ । मेयर र उपमेयर दुवै पदमा एमाले विजयी भएको छ ।
मेयरमा एमालेका चिन्तन तामाङले नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईलाई दोस्रो पटक पराजित गर्दै विजयी भएका हुन् ।
तामाङले ७६६६ मत प्राप्त गर्दा राईले १४ मत कम ७६५२ मत प्राप्त गरे। २०७४ सालको निर्वाचनमा पनि तामाङले राईलाई पराजित गरेका थिए ।
उपमेयर पनि एमालकै भीमादेवी खनाल निर्वाचित भएकी छन् । उनले ७१९६ मत प्राप्त गरिन् । माओवादी केन्द्रका उपमेयर उम्मेदवार गणेशबहादुर विष्टले ६६२९ मत प्राप्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।