मोरङको कानेपोखरीमा फराकिलो मतान्तरसहित एमाले विजयी

मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमाले फराकिलो मतअन्तरसहित विजयी भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार फराकिलो मतअन्तरसहित विजयी भएका हुन् ।
 
अध्यक्षमा राजमति इङ्नाम अध्यक्ष निर्वाचित भएकी हुन् । यसअघि उनी गाउँपालिका उपाध्यक्ष थिइन् । उनले ८९७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्जय भट्टराईले ५८४६ मत प्राप्त गरे । 

उपाध्यक्षमा एमालेकै भोलाप्रसाद अधिकारी ९५७० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मनकुमारी गुरुङले ७८१८ मत पाएकी छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १९:४७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया