भरतपुरमा पहिलो पटक रेनु ३ सयभन्दा धेरै मतले अगाडि

भरतपुर महानगरपालिकामा मेयर पदका लागि भएको निर्वाचनको मत गणनामा गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन् । 

मत गणना सुरु भए पछि रेनुले पहिलो पटक आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार विजय सुवेदीलाई ३ सयभन्दा धेरै मतले पछाडि पारेकी छिन् ।

भरतपुरमा नै भुइँकटहर चिह्नबाट मेयरमा लडेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि ३ हजार ५ सय ६२ मत कटाएका छन् । 

२१ हजार ५ सय ९२ मत गन्दा रेनुले ७ हजार ३ सय ५१ मत ल्याएकी छिन् । सुवेदीले ७०२८ मत ल्याएका छन् । पौडेलले ३ हजार ५ सय ६२ मत ल्याएका छन् । 

उपमेयरमा चित्रसेन अधिकारी अगाडि छन् । नेपाली कांग्रेसका अधिकारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनले ८ हजार ९ सय ६ मत ल्याएका छन् । त्यस्तै, राप्रपाकी उपमेयर उम्मेदवार हिमला गुरुङले ५ हजार ८ सय ३ मत ल्याएकी छिन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १९:५१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया