जुम्ला​को तातोपानीमा कांग्रेसका चौलागाईं विजयी

जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं विजय भएका छन् । उनी नेकपा माओवादी केन्द्रका जुम्ला संयोजक वीरबहादुर कुँवरलाई भारी मतान्तरले हराउँदै विजय भएका हुन् । 

उनले २ हजार ३ सय २० मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर कुँवरले एक हजार ८ सय ६ मत प्राप्त गरेका हुन् ।  

नेकपा एमालेका सुरतबहादुर शाहीले एक हजार ५ सय ३८ मत प्राप्त गरेका छन् ।  उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी रेवती रावल विजय भएकी छन् । उनले एक हजार ७ सय ५८ मत प्राप्त गरिन् । 

उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले एक हजार ३ सय १२ मत प्राप्त गरेकी हुन् । तातोपानीमा ०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादीका नवराज न्यौपानेले अध्यक्ष र गंगादेवी उपाध्यायले उपाध्यक्षमा जितेकी थिए । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २०:३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया