हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्षमा कांग्रेसका रोकाया विजयी

दुईदलीय गठबन्धन रहेको हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकाया विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट गठबन्धनको सहयोग पाएका रोकाया ३ हजार ५४३ मत ल्याएर अध्यक्षमा विजयी भएकोमा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञामी बुमीले ९९७ मत ल्याए ।

उपाध्यक्षमा पनि गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका चन्द्र सिंह कार्की ३ हजार २८२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी जुनकुरा कार्कीले १ हजार ६५ मत ल्याएका सर्केगाड गाउँपालिका निर्वाचन अधिकृत छत्र बहादुर शाहीले बताए  ।

जिल्लाको मध्य भेगमा रहेको सर्केगाडमा आठ वडा रहेका छन् । जसमा वडा नम्बर २ मा माओवादी केन्द्रका मावल कार्की र वडा नम्बर ६ मा नेकपा एमाले पदमबहादुर शाही एमालेबाट विजयी भएका छन् ।

वडा नम्बर ८ मा माओवादी केन्द्रका रत्नमल रोकाया, २ मा सिद्ध कार्की र ४ मा माधनमल छन्त्याल नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै, कांग्रेसबाट वडा नम्बर ७ मा बल खत्री र वडा ५ मा मादलबहादुर सिंह वडाध्यक्षमा निर्वाचित भएका छन् ।



वडा नम्बर ३ मा भने स्वतन्त्र उम्मेदवार अलिक कार्की निर्वाचित भएका छन् । उनी कांग्रेसका बागी हुन् ।



  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २०:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया