३३५ स्थानीय तहको नतिजा : कांग्रेसको अग्रता, पछ्याउँदै एमाले
फाइल तस्वीर

स्थानीय तह सदस्य निर्वाचनको मतगणना जारी छ । मंगलबार साँझसम्म ३३५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ३६ मा जित हासिल गरेको छ । त्यस्तै, ७१ स्थानमा अग्रता कायम गरेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले १८ नगरप्रमुखमा जित हासिल गरेको छ भने ५५ स्थानमा अग्रता कायम गरेको छ । नेकपा माओवादी केन्द्रले ८ नगरप्रमुख जित र १७ स्थानमा अग्रता कायम गरेको छ । एकीकृत समाजवादीले एक स्‍थानमा नगरप्रमुख जितेको छ भने ९ स्थानमा अग्रता कायम गरेको छ । अन्यले तीन स्थानमा विजय हासिल गरी २९ स्थानमा अग्रता कायम गरेका छन् ।

उपप्रमुख पदमा कांग्रेसले २७ स्थानमा जित हासिल गरी ६३ स्थानमा अग्रता लिएको छ । एमालेले २२ स्थानमा जित र ६७ स्थानमा अग्रता, माओवादी केन्द्रले ११ स्थानमा जित र २२ स्थानमा अग्रता कायम गरेको छ । एकीकृत समाजवादीले तीन स्थानमा जित र सात स्थानमा अग्रता र अन्य दलले दुई स्थानमा विजय हासिल गरी २२ स्थानमा अग्रता कायम गरेका छन् ।

गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसले ११७ स्थानमा जित र ६८ स्थानमा अग्रता लिएको छ भने एमालेले ७७ स्थानमा जित र ४० स्थानमा अग्रता कायम गर्दै कांग्रेसलाई पछ्याइरहेको छ । माओवादी केन्द्रले ६६ स्थानमा जित र २० स्थानमा अग्रता, एकीकृत समाजवादीले चार स्थानमा जित र चार स्थानमा अग्रता र अन्यले आठ स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन् ।

उपाध्यक्ष पदमा कांग्रेसले १२० स्थानमा जित हासिल गरी ६६ स्थानमा अग्रता कायम गरेको छ । एमालेले ७२ स्थानमा जित हासिल गरी ४३ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपाध्यक्ष पदमा ६७ स्थानमा जित र २१ स्थानमा अग्रता कायम गरेको छ । एकीकृत समाजवादीले सात स्थानमा जित र तीन स्थानमा अग्रता र अन्यले सात स्थानमा विजय हासिल गरी २४ स्थानमा अग्रता कायम गरेका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २०:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया