रुकुमपूर्वका सबै पालिकामा माओवादीको जित

रुकुमपूर्वको तीनवटै पालिकामा मत गणनाको कार्य सम्पन्न भएको छ । सबै पालिकाको मत गणनाको कार्य सकिँदा रुकुमपूर्वमा माओवादी केन्द्रले जिल्लाका सै स्थानीय तहमा जित हासिल गरेको छ । 

माओवादीले भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ भने सिस्ने गाउँपालिकामा अध्यक्षमा जितेको छ । उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनले जितेको छ । 

पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा बुढा भारी मतान्तरले विजयी भएका छन् । १४ वडा रहेको यस गाउँपालिकामा ११ वटा वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ भने एकएकवटा वडामा एमाले र कांग्रेसले जित्दा एउटा वडामा एमाले–कांग्रेस गठबन्धनले विजयी हासिल गरेको छ । 

यस्तै भूमे गाउँपालिकामा पनि माओवादी केन्द्रले विजयी हासिल गर्न सफल भएको छ । यस पालिकामा अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सविना बुढा निर्वाचित भएका छन् । नौवटा वडा रहेको यस पालिकाको ८ नं वडामा मात्र कांग्रेसले वडाध्यक्ष जितेको छ । वडा सदस्य सबै माओवादीले जितेको छ ।

वडा नं ४ मा एमाले–माओवादीको गठबन्धन हुँदा वडाध्यक्ष एमालेबाट र वडा सदस्य माओवादीबाट विजयी भएका छन् । अन्य सबै वडामा माओवादीको प्यानल नै विजयी भएका छन् ।

सिस्ने गाउँपालिकामा पालिका अध्यक्षमा माओवादी केन्द्रबाट कृष्ण रेग्मी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनबाट गोपाल रेउले निर्वाचित हुनुभएको छ । आठवटा वडा रहेको यस गाउँपालिकामा माओवादीले चारवटा वडा जितेको छ भने एमालेले तीनवटा वडा जित्दा कांग्रेसले एउटा वडा जितेको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २१:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया