धनुषाको पाँच पालिकाको मतपरिणाम सार्वजनिक, दुई पालिकामा कांग्रेस, दुईमा एमाले र एकमा जसपा विजयी

धनुषाको पाँचवटा पालिकको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाको लक्ष्मिनिया गाउँपालिका, औरही गाउँपालिका, धनौजी गाउँपालिका, जनकनन्दिनी गाउँपालिका र विदेह नगरपालिकाको परिणामा सार्वजनिक भएको हो ।

जसमध्ये दुईवटा पालिकामा नेपाली कांग्रेस, दुईवटामा नेकपा एमाले र एउटा पालिकामा जसपाका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन । मिश्र ३ हजार ७६५ मत ल्याएर लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का शत्रुधन यादवले ३ हजार ४९७ मत ल्याए । त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी फूलकुमारी यादवनी ३ हजार ६२८ मत ल्याएर विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी जसपाकी विमलाकुमारी यादवले ३ हजार ४६० मत ल्याइन् ।

त्यस्तै, औरही गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमाशंकरप्रसाद साह निर्वाचित भएका छन् । साहले ३ हजार ३२६ मत ल्याएर औरहीको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रह्मदेव यादवले २ हजार ९२३ मत ल्याए । 

त्यस्तै, उपाध्यक्षमा समेत एमालेकै पुनम साह २ हजार ९४९ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिंकी कुमारी मण्डलले २ हजार ७९० मत ल्याइन् ।



उता, धनौजी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । अध्यक्षमा राजकुमार साहले २ हजार २६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए ।

यस्तै, उपाध्यक्षमा कांग्रेसकै रामवतीदेवी मण्डल निर्वाचित भएकी हुन् । उनले २ हजार ४३० मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी लोसपाकी रञ्जितादेवी मण्डलले १ हजार ९०१ मत ल्याएकी हुन् ।



यस्तै, वडा नम्बर–१ बाहेक ४ वटा वडामा कांग्रेसकै वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नम्बर–१ मा लोसपाको प्यानल विजयी भएको हो ।

त्यस्तै, जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपीन देव निर्वाचित भएका छन् । यादवले ३ हजार १ सय ५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी कमला सहगल निर्वाचित भएकी छन् । उनले २ हजार ९९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी गीता सुडीले २ हजार ८४० मत ल्याएकी छिन् ।

त्यस्तै, विदेह नगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि पुनः बेचन दास तत्मा निर्वाचित भएका छन् ।  नेकपा एमालेका उम्मेदवार दासले ४ हजार ४१२ मत ल्याउँदै पालिका प्रमुखमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका राजकिशोर यादव रोहिताले ३ हजार ४२६ मत ल्याएका छन् । त्यस्तै, कांग्रेसका उम्मेदवार योगेन्द्र प्रसाद यादवले १ हजार ८५८ मत ल्याए ।

उपमेयरमा भने नेकपा एमालेकी आशा झा ४ हजार ६५९ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सञ्जना अधिकारीले २ हजार ८७० मत ल्याएकी छन् । त्यस्तै, नेपाली कांग्रेसकी सीमा कुमारी महतोले २ हजार ७८६ मत ल्याएकी छन् ।

नगरप्रमुखमा निर्वाचित तत्मा यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २१:५६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया