मतान्तर फराकिलो पार्दै धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो पार्दै गएका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबारसम्म १९ हजार ५६० मतगणना सकिएको छ ।

मंगलबार साँझ ९ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ९ हजार ३० मत पाएका छन्। यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ४ हजार ३८६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ११८ मत पाएका छन्। हमाल ४ हजार ६४४ मतले अगाडि रहेका छन् ।
 
यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ९०४ मतका साथ अग्रता लिइरहेकी छिन्। एमालेकी कन्दकला रानाले ३ हजार ६८६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार १९३ सय मत पाएका छन्। 

उपमहानगरको वडा नम्बर एक, १८ र १९ को मात्र मत गणना सम्पन्न भएको छ । अहिले वडा नम्बर २, ३, ४ र १७ को गणना जारी रहेको छ । वडा नम्बर १ र १९ को वडा अध्यक्षमा कांग्रेस प्यानलसहित विजयी भएको छ भने वडा नम्बर १८ को अध्यक्षमा एमालेले विजयी हासिल गरेको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २२:१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया