निलम्बित सांसद बानियाका छोरा पेस्तोलसहित पक्राउ

निलम्बित सांसद मोहन बानियाका कान्छा छोरा पक्राउ परेका छन् । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा जितेका मोहनका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन् । जिल्लाको खत्याड गाउपालिका वडा नं ७ माझचौरबाट उनलाई प्रहरीले पोस्तोलसहित पक्राउ गरेको हो ।

मंगलबार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षक जुनबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

कार्यालयका अनुसार पक्राउ परेका बानियालाई हाल प्रहरी चौकी माझ चौरमा राखिएको छ भने भोलि नै जिल्ला प्रहरी कार्यालम ल्याई अनुसन्धान गरी हातहतियार कसुरसम्बन्धी कानुनबमोजिमको मुद्दा अगाडि बढाइने बताइएको छ । 

बलात्कारको अभियोग लागेका बानिया अहिले निलम्बनमा परेका छन् । बलात्कार आरोपमा पक्राउ परेका उनी ५ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २२:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया