भरतपुरमा मतान्तर बढाउँदै रेनु, तेस्रोमा रहेका जगन्नाथले कटाए ४ हजार मत

चितवनको भरतपुर नगरपालिकामा गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरेकी नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले एमाले–राप्रपाका उम्मेदवार विजय सुवेदीभन्दा १ हजार ११९ को मतान्तर बनाएकी हुन् । 

२५ हजार ३५८ मत गणना हुँदा रेनुले ९०११ मत पाएकी छन् । उनलाई पछ्याइरहेका विजयले ७८९२ मत प्राप्त गरेका छन् । त्यस्तै, बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११२ मत ल्याएका छन् ।

अहिले वडा नम्बर ६ को मतगणना जारी छ । यो वडाको ३५०२ मत गन्दा गठबन्धनका वडाध्यक्ष उम्मेदवारले १५८९ र एमालेका उम्मेदवारले १४५४ मत प्राप्त गरेका छन् । 
 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ६:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया