मुम्बईमाथि हैदराबादको रोमाञ्चक जित, प्लेअफ सम्भावना जीवितै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएरातिको खेलमा मुम्बई इण्डियन्सविरुद्ध सनराइजर्स हैदराबादले ३ रनको रोमाञ्चक जित निकालेको छ । यो जितसँगै हैदराबादले प्लेअफ सम्भावना जीवितै राखेको छ । उसले १३ खेलमा सातमा जित र ६ खेलमा हार बेहोरेको छ । 

आठौं स्थानमा रहेको हैदराबादले १२ अंक जोडेको छ । अब प्लेअफ पुग्न उसले अन्तिम खेलमा फराकिलो जितका साथै अन्य टिमको नतिजामा भर पर्नुपर्नेछ । मुम्बई भने प्लेअफ दौडबाट यसअघि नै बाहिरिसकेको छ । 

आफ्नो १३ औं खेलमा १९४ रनको लक्ष्य पछ्याएको मुम्बईले २०  ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । ३६ बलको सामना गरेका उनले चार छक्का र दुई  चौका प्रहार गरे ।

टिम डेविडले ४६, इशान किशनले ४३, डानिल सम्सले १५ र रमनदीप सिंहले अविजित १४ रन जोडे । हैदराबादका लागि उमरान मलिकले तीन तथा वासिङ्टन सुन्दर र भुवनेश्वर कुमारले एक/एक विकेट हात पारे । दुई विकेट भने उसलाई रन आउटको रूपमा प्राप्त भयो ।

त्यसअघि मुम्बईस्थित वान्खडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । उसका लागि राहुल त्रिपाठीले ७६ रनको उत्कृष्ट पारी खेले । उनले ४४ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । प्रियम गर्गले ४२ र निकोलस पूरनले ३८ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

मुम्बईका लागि रमनदीप सिंहले तीन तथा डानिल साम्स, रिले मेरिडिथ र जसप्रित बुमराहले एक/एक विकेट लिए । जितसँगै १३ खेलमा १२ अंक जोडेको हैदराबाद आठौं स्थानमा रहेको छ । पराजित मुम्बई समान खेलबाट ६ अंकका साथ तालिकाको पुछारमा छ । 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ७:५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया