गत शुक्रबार स्थगित भएका देशका विभिन्न १५ स्थानमा आज निर्वाचन हुँदैछ । बुधबार गण्डकी, कर्णाली र मधेशका विभिन्न स्थानमा मतदान हुन लागेको हो ।
तनहुँको व्यास नगरपालिका–४, हुम्लाको चंखेली नगरपालिका–२, बाराको पचरौता नगरपालिका–२, श्रीनगर प्रावि र पचौतारा वडा नम्बर ४ मा आज मतदान हुनेछ ।
त्यस्तै, बुधबार नै रौतहटको देवी गोनाही नगरपालिका–१ र २, गढीमाई नगरपालिका–३ र ६, बौधिमाइ नगरपालिका–१, २, ९ र गरुडा नगरपालिका–७ मा निर्वाचन हुँदैछ । यी स्थानमा झडप र विवादका कारण शुक्रबार मतदान स्थगित गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।