साउथह्यामटनमाथि लिभरपुलको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा लिभरपुलले रोमाञ्चक जित निकालेको छ । उसले एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै घरेलु टोली साउथह्यामटनमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । 

लिभरपुललाई जित दिलाउन ताकुमी मिनामिनो र जोएल मटिपले गोल गर्दा साउथह्याम्टनका नाथन रेडमन्डको गोल सान्त्वना बन्यो । सेन्ट मेरिज स्टेडियममा खेलको १३ औं मिनेटमा रेडमन्डको गोलमार्फत घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो ।  

२७ औं मिनेटमा मिनामिनोले लिभरपुललाई १–१ को बराबरीमा ल्याए । ६७ औं मिनेटमा मटिपले गोल गरेपछि पाहुना टोलीले २–१ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै उपाधि सम्भावना जिवितै राखेको लिभरपुल ३७ खेलमा ८९ अंकका साथ दोस्रो स्थानमा रहँदा पराजित साउथह्यामटन समान खेलबाट ४० अंक जोड्दै १५ औं स्थानमा छ ।  





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ७:३६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया