झापाको हल्दीबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष र उपाध्यक्ष नै जितेको छ ।
आज बिहान बिहान सम्पन्न मतगणनामा गाउँपालिकाको अध्यक्षमा राप्रपाका उम्मेदवार रवीन्द्र लिङ्देन निर्वाचित भएका छन् । अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित लिङ्देनले ६ हजार ८ सय ५६ मत पाए । उनका प्रतिस्पर्धी नेकपा एमालेका डम्बरबहादुर गिरीले ४ हजार ६ सय ६६ मत मात्र पाए ।
गिरी हल्दीबारीका निवर्तमान उपाध्यक्ष हुन् । अध्यक्षमा निर्वाचित रवीन्द्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका माइला भाइ हुन् । उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छन् । उनी ५ हजार ७८ मतका साथ विजयी भइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्तादेवी गौतमले ४ हजार १ सय ६ मत प्राप्त गरिन् । ०७४ सालको स्थानीय निर्वाचनमा हल्दीबारीमा उपाध्यक्ष गिरीको नेतृत्वमा एमालेको बहुमत थियो । तर, यसपालि भने एमालेले जोगाउन सकेन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।