हेटौंडामा गठबन्धनकी मीनाको अग्रता कायमै, तेस्रोमा रहेको एमालेले मतान्तर घटायो

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । ३३ हजार ५७८ मतगणना हुँदा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता कायमै राखेकी छन् ।

पछिल्लो मत परिणामअनुसार उनले १० हजार ४१० मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ९ हजार ९२२ मत पाएका छन् । लामा र सिंहबीच मतान्तर ४८८ रहेको छ । 

त्यस्तै, हिजोसम्म धेरैपछि रहेका नेकपा एमालेका मेयर प्रत्यासी अनन्त पौडेलले ९ हजार २५ मत प्राप्त गरेका छन्  । त्यस्तै,  उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका राजेश बानियाँले १५ हजार ४५५ मत प्राप्त गरेका छन्  । 

दोस्रोमा रहेकी एमालेकी सुमित्रा काफ्लेले १० हजार ५८१ मत प्राप्त गरेकी छन्  । त्यस्तै, राप्रपाका उपमेयर उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटीले १ हजार ४४८ मत प्राप्त गरेकी छन् ।
 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ८:३७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया