ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो अग्रता कायमै राखेका छन् । २१ हजार ४२७ मत गणना गर्दा उनले ११ हजार ९२० मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकारले ५ हजार ५७० मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अष्ट महर्जनले ९९८ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकी मन्जली शाक्यले ५ हजार ९८३ र माओवादीका बाबुराज बज्राचार्यले ४ हजार ५६६ ल्याएका छन् । ललितपुर महानगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका रूपेन्द्र राज शाक्य १ हजार ३१८ मतसहित विजयी भएका छन् ।
त्यस्तै, वडा नं ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका कुलबहादुर महर्जन विजयी भएका छन् । उनले २ हजार १७० मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।