खोटाङको दिक्तेलको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा तिर्थराज भट्टराई ११ हजार ३८९ मतसहित निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार आचार्यले ६ हजार ९९६ मत पाए । उमेयरमा माओवादी केन्द्रका बिसन राईले १० हजार ४३८ मतसहित निर्वाचित भएका छन् । 

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विणादेवी राईले ७ हजार ३१९ मत पाइन् । दिक्तेलमा १५ वडा रहेकोमा माओवादी केन्द्रका ६, कांग्रेसका तीन, एमालेका तीन र जसपाका दुईजना वडाध्यक्ष निर्वाचित भएका छन् ।
 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ११:५८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया