अछामको मंगलसेन नगरपालिका प्रमुख/उपप्रमुखमा एमाले विजयी

अछामको मंगलसेन नगरपालिका मेयरमा एमालेका पदम बोहरा विजयी भएका छन् । उनी ५ हजार ७३७ मतका साथ मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नमबहादुर शाहीले ५ हजार २ मत पाए । 

यस्तै, उपप्रमुखमा समेत एमालेका संगीता रावल सोडारी ५ हजार ७१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका बमबहादुर रावलले ३ हजार ३७ मत पाए । उपप्रमुखमै माओवादी लोकबहादुर बोगटी ४१५ पाउँदा राप्रपाले ७१ मत पाएको छ ।

मंगलसन नगरपालिकाका १४ मध्ये १० वडामा एमाले र चार वडामा कांग्रेस विजयी भएको छ । मंगलसेन अछाम सदरमुकाम भएको पालिका हो । 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १२:१६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया