बालेनले भेटे चिरिबाबुलाई, के भयो कुराकानी ?

काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ललितपुर महानगरका नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनलाई भेटेका छन् । 

आफ्नो राजनीतिक गुरु पनि मान्ने भएकाले बालेनले महर्जनलाई भेटेको बताइएको छ । 

काठमाडौं महानगरमा मेयर पदमा अग्रता कायम राखेका बालेनले चिरिबाबुलाई ललितपुर महानगरपालिकाको मत गणना भइरहेको स्थानमा गएर भेटेका हुन् । यी दुईबीच त्यहाँ चिया गफ पनि भएको थियो ।

यसअघि सार्वजनिक कार्यक्रममा पनि बालेनले चिरिबाबुको कामबाट आफू प्रेरित भएको बताएका थिए । आज भएको चिया गफमा पनि उनले चिरिबाबुको राजनीतिक अनुभवबारे छलफल गरेका छन् ।

काठमाडौं र ललितपुरमा अनुभव र युवा जोशका साथ मिलेर काम गर्ने विषयमा यी दुईबीच छलफल भएको थियो । 

बालेन र चिरिबाबु अहिले मत गणना भइरहँदा मेयरमा निर्वाचित हुने सम्भावनासहित राम्रो मतान्तरका साथ अगाडि छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १३:५४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया