३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रदेश १ मा अहिलेसम्म आएको नतिजाअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिका प्रमुखमा जित हासिल गरेको छ ।
प्रदेश १ को महानगर विराटनगर महानगरपालिकामा पनि प्रमुखमा कांग्रेसका नागेश कोइराला अगाडि छन् । त्यहाँ उनलाई नेकपा एमालेका सागर थापाले पछ्याइरहेका छन् ।
प्रदेश १ का पालिकामध्ये नेपाली कांग्रेसले अहिलेसम्म ४६ पालिकामा जित हासिल गरेको छ । यो प्रतिशतका आधारमा ४९.५ प्रतिशत हो ।
कांग्रेसपछि सबैभन्दा धेरै पालिकामा नेकपा एमालेले जित निकालेको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेश १ मा २९ पालिका प्रमुखमा नेकपा एमालेले जित निकालेको छ ।
त्यहाँ तेस्रो नम्बरमा अहिले नेकपा माओवादी केन्द्र रहेको छ । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा १२ स्थानीय तहमा जित दर्ज गरेको छ ।
जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले प्रदेश १ मा अहिलेसम्म स्वतन्त्र उम्मेदवारभन्दा कम सिटमा जित निकालेका छन् । प्रदेश १ मा ३ स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने जसपाबाट २ जना र नेकपा एकीकृत समाजवादीबाट १ जनाले स्थानीय तहमा जित निकालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।