हेटौंडा मतगणना अपडेट : गठबन्धनकी मीना लामा ८३४ मतले अगाडि
फाइल तस्वीर

हेटौंडा उपमहानगरपालिकामा ३७ हजार ९९४ मतगणना गर्दा प्रारम्भिक मतगणना अनुसार गठबन्धन अगाडि रहेको छ । 

गठबन्धनका उम्मेदवार मीनाकुमारी लामाले ११,८७९ मत प्राप्त गरेकी छन् । 

यसैगरी लामालाई पछ्याउँदै राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ११,०४५ मत प्राप्त गरेका छन् । 

यसैगरी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले १०,७४४ मत प्राप्त गरेका छन् ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँले १६,९६७ मत प्राप्त गरेका छन् । 

उपमेयरमा पनि गठबबन्धक तर्फका बानियाँ अगाडि रहेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका तर्फबाट उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले ११८९५ मत प्राप्त गरेकी छन् । 



यसैगरी राप्रपाका तर्फबाट उपमेयरका उम्मेदवार इन्दीरा न्यौपाने डल्लाकोटीले २,७७८ मत प्राप्त गरेकी छन् ।



  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १४:१९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया