चितवनको भरतपुर महानगरपालिकाको मेयर पदकी उमेदवार रेनु दाहालले १० हजार मत कटाएकी छन् ।
अहिलेसम्म २८ हजार ६४ मतगणना गरिएको छ । ताजा मतपरिणामअनुसार दाहालले १० हजार ४४९ मत पाएकी छन् ।
उनले नेकपा (एमाले)का उमेदवार विजय सुवेदीसँगको मतान्तर फराकिलो बन्दै लगेकी हुन् ।
नेकपा (माओवादी केन्द्र)की दाहालले सुवेदीलाई १८ सय ५२ मतान्तरले पछि पारेकी छन् । एमालेका सुवेदीले आठ हजार ५९७ मत ल्याएका छन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले चार हजार ६९६ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।