बिपिएलमा पनि सन्दीपको सफल डेब्यु

काठमाडौं– पछिल्लो समय एकपछि अर्को विदेशी लिगमा जमिरहेका नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बिपिएल) मा पनि सफल सुरुवात गरेका छन् । आइतबार भएको डेब्यु खेलमा उनले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । 

सन्दीपको टिम सिल्हेट सिक्सर्सले पहिलो खेलमा आज कोमिल्ला भिक्टोरियन्ससँग प्रतिस्पर्धा गरेको थियो । 

खेलको १३औँ ओभरमा व्याक्तिगत तेस्रो ओभर बलिङ गर्न आएका सन्दीपले अन्तिम बलमा सोयब मलिकको विकेट लिए । 

त्यसलगत्तै, १५औँ ओभरको दोस्रो बलमा उनले अनमुल हकलाई बोल्ड आउट गरे ।

यसअघि, टस हारेर पहिले व्याटिङको  निम्तो पाएको सिक्सर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन जोडेको थियो । नवौँ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीपले २ बल खेल्दै १ रन जोडेका थिए । 

सन्दीपले सफल बलिङ गरे पनि उनको टिम सिल्हेट सिक्सर्स भने ४ विकेटले पराजित भएको छ । 
 





  • प्रकाशित मिति : पुस २२, २०७५ आइतबार १६:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया