हामी रक्षात्मक अवस्थामा छौँ, सरकारले जनताका कुरा सुन्न छाड्न हुन्न – प्रचण्ड

बुटवल– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनताका कुरा सुन्न छाडे परिणाम प्रतिक्रान्तिको पक्षमा जाने बताएका छन् ।

आइतबार बुटवलमा आयोजित ‘लोक अभियान’ पाक्षिक पत्रिकाको विमोचन कार्यक्रममा प्रचण्डले पराजित भएका शक्तिहरु आन्दोलनको उपलब्धि उल्ट्याउन १० गुणा बढी ताकतसहित लागेको अवस्थामा कमजोरीलाई आत्मसात गरी जनमतलाई आफ्नो पक्षमा पार्न नसकिए प्रतिकूल अवस्था आउन सक्ने संकेत गरे ।

‘आफ्नो कमजोरीप्रति आत्मआलोचना गर्न सक्नुपर्छ, हामीमा घमण्ड, अभिमान आयो, जनताका कुरा सुन्न छाड्यौं भने प्रतिक्रान्तिकारी शक्तिले उपयोग गर्छन्,’ आफ्नै दलप्रति इंगित गर्दै उनले भने ।

क्रान्ति पूर्ण सफल नभएको भन्दै प्रचण्डले विश्व इतिहासबाट पनि पाठ सिक्नुपर्ने बताए । कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको भन्दै प्रचण्डले भने, ‘दोस्रो विश्वयुद्धपछि विश्वभर आक्रामक थियो, तर अहिले आक्रामक छैन, हामी रक्षात्मक अवस्थामै छौं ।’





  • प्रकाशित मिति : पुस २२, २०७५ आइतबार १६:२७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया