बालेनले १८ हजार मत कटाए, स्थापित ८६ सय भोटले पछि
फरकधार / ४ जेठ, २०७९
फाइल तस्वीर

काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले १८ हजार मत कटाएका छन् । 



पछिल्लो मतगणना परिणाम अनुसार १८ हजार १६ मत प्राप्त गर्दै उनले आफ्ना प्रतिस्पर्धीसँगको अग्रता फराकिलो बनाउँदै लगेका छन् । 

हालसम्मको मतगणनाअनुसार एमालेका स्थापितले ९ हजार ३१९ मत प्राप्त गरेका छन् । उनी बालेनभन्दा ८ हजार ६९७ मतले पछि छन् । 



त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिंहले ८ हजार ३७२ मत प्राप्त गरेकी छन् । सिंहभन्दा बालेन ९ हजार ६४४ मतले अगाडि छन् । 



  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १६:५५:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया