अमेरिकाले कङ्गोमा पठायो सेना

वासिंगटन– कङ्गोको राष्ट्रपतीय निर्वाचनको परिणामविरुद्ध हुन सक्ने सम्भावित हमला रोक्नका लागि अमेरिकाले सेना पठाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् ।  

राष्ट्रपति ट्रम्पले कङ्गोमा रहेको अमेरिकी सम्पत्तिको संरक्षणका लागि सेना पठाइएको बताएका छन् । कङ्गोमा क्याथोलिक चर्च केन्द्रित कैयौँ हमला भएका छन् । 

लामो प्रयत्नपछि कङ्गोमा डिसेम्बर ३० मा राष्ट्रपतिको निर्वाचन भएको थियो । सो निर्वाचनको मत गणना हुन लागेको छ । मत परिणामपछि त्यसमा चित्त नबुझाउने समूहले हिंसा मच्चाउन सक्ने र त्यसमा त्यहाँ रहेका अमेरिकी सम्पत्तिमाथि पनि हमला हुन सक्ने अनुमानस्वरुप सेना पठाइएको अमेरिकाले जनाएको छ । 

निर्वाचनका केही प्रारम्भिक परिणाम आइतबार सार्वजनिक गर्ने तयारी छ । परिणामलाई लिएर कुनै हिंसा नमच्चाउन र जनताले दिएको मतको परिणामलाई स्वीकार गर्न सरकारले विश्वव्यापी रुपमा कङ्गोली नागरिकलाई आह्वान गरेको छ । 

त्यसैगरी, निर्वाचनको परिणाम जतिसक्दो चाँडै घोषणा गरी जनताको चाहनाको कुरा सार्वजनिक गरिदिन पनि अमेरिका, अफ्रिकी युनियन र अरु पनि विदेशी समुदाय तथा संघसंस्थाले आग्रह गरिरहेका छन् । 

उक्त निर्वाचनमा पश्चिमालाई भने निर्वाचन पर्यवेक्षकको रुपमा आमन्त्रण गरिएको थिएन । यहाँका कतिपय दल र समुदायले उक्त निर्वाचनको निश्पक्षतामाथि व्यापक मात्रामा प्रश्न उठाएका छन् । 



उता, अमेरिकाले भने यहाँको निर्वाचनको परिणामलाई स्वीकार गर्नुपर्ने बताएको छ । राष्ट्रपतिको निर्वाचन एक प्रजातान्त्रिक प्रक्रिया भएकोले त्यसलाई सबैले स्वीकार गर्नुपर्ने अमेरिकी भनाइ छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि प्रजातान्त्रिक प्रक्रियालाई स्वीकार गर्न भनेका छन् । यदि यो प्रजातान्त्रिक प्रक्रियाबाट भएको निर्वाचनको परिणाम अस्वीकार गर्ने काम भयो भने अमेरिकाले नाकाबन्दी लगाउने उनको चेतावनी छ । 



प्रारम्भिक सर्वेक्षणले सार्वजनिक गरेका परिणामका कारण हिंसा हुन सक्ने अनुमानसहित सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । 

  • प्रकाशित मिति : पुस २२, २०७५ आइतबार १६:५१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया