logo-img

नवीनले ल्याए 'हाम्रो सम्बन्ध'

दक्षिण कोरियामा रहेका युवा गायक नवीन विश्वकर्माको स्वरमा समावेश 'हाम्रो सम्बन्ध' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक बिश्वकर्माको शब्द, संगीत रहेको छ । गीतमा इजोक थापा मगरको संगीत संयोजन रहेको छ ।  

दक्षिण कोरियाको विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको यस भिडियोमा विप्लव आले मगर र सजिना गुरुङ बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।  

इकामशटको सम्पादन र छायाँकन रहेको यस भिडियोलाई इजोक थापा मगरको निर्देशनमा तयार पारिएको हो।  यसअघि गायक बिश्वकर्माको स्वरमा 'यादमा', 'आभाष' बोलको गीतहरु सार्वजनिक भैसकेका छन्।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।  

 

 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया