जुद्धशमशेरको पालादेखि पदवी लिन भारत जाँदै नेपाली सेनापति

काठमाडौं– जुद्धशमशेर राणाको प्रधानमन्त्रीकालमा सुरु भएको प्रचलनअनुसार भारतीय सेनाको ‘मानार्थ महारथी’ पदवी ग्रहण गर्न प्रधानसेनापति पूर्णचन्द्र थापा भारत जाने तयारीमा छन् ।

भारतीय सेनापतिको निमन्त्रणामा मानार्थ महारथी पदवी थाप्न पुस २७ गते थापा भारत जान लागेका हुन् । नेपाली सेना र भारतीय सेनाका सेनापतिलाई एकअर्काका मानार्थ महारथी पदवी दिने प्रचलन छ । 

नेपाल र भारतले एकअर्काका सेनाध्यक्षलाई मानार्थ महारथी मान्ने प्रचलन सन् १९४५ मा जुद्धशमशेरले सुरु गरेका थिए । आफ्नो शासनको अन्त्यतिर १९४५ अक्टोबरमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले भारतमा शासन गरिरहेका बिट्रिस सेनाका जनरललाई नेपाली सेनाको मानार्थ महारथी पदवी दिएका थिए । 

त्यसपछि, भारतको स्वतन्त्रता आन्दोलनका कारण केही वर्ष रोकिएर सन् १९५० यता यो प्रचलन फेरि सुरु भएको बताउँछन्, सैनिक प्रवक्ता गोकुल भण्डारी । यही प्रचलनअनुसार नेपाल र भारतका हरेक सेनाध्यक्षलाई यसरी मानार्थ महारथी पद दिने गरिएको उनले बताए ।

अर्काको देशको मानार्थ महारथी पदवी लिने प्रचलनको वेलावेला विरोध हुने गरे पनि यसलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्, प्रवक्ता भण्डारी । यो प्रचलनलाई युनिक प्रचलनको रुपमा अथ्र्याउँदै थापाले यसलाई दुई देशको सौहार्द सम्बन्धको परिचायक मान्नुपर्ने बताए । 

पुस २७ गते भारत जान लागेका प्रधानसेनापति थापले २८ गते भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथी पदवी ग्रहण गर्नेछन् ।





  • प्रकाशित मिति : पुस २२, २०७५ आइतबार १८:५३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया