काठमाडौंमा ४८३०१ मत गन्दा बालेनको केशवसँग ९१९९ र सिर्जनासँग ९६२३ मतान्तर

काठमाडौं महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । 

उनले आफ्ना निकटम प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार केशव स्थापितको वडामा समेत उनैलाई टक्कर दिएका छन् । 

वडा नम्बर २८ अहिलेसम्म ७ सय मतको गणना हुँदा स्थापित र बालेनले समान १८१/१८१ मत आएको छ भने तेस्रो स्थानमा रहेकी सिर्जना सिंहको १४२ मत पाएकी छन् ।

अहिलेसम्म काठमाडौं महानगरको ४८३०१ मत गणना भएको छ । जसमा बालेनले शाहले १८ हजार ७९५ मत ल्याएर अग्रता कायमै राख्दा दोस्रो स्थानमा रहेका स्थापितले ९५९६ मत पाएका छन् । 

त्यस्तै, तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ९१७२ मत पाएकी छन् । पछिल्लो मत परिणामअनुसार स्थापितसँग बालेनको मतान्तर ९१९९ र सिंहसँग ९६२३ छ ।

यस्तै, उपमेयरमा भने एमालेकी सुनिता डंगाेलकाे मतान्तर फराकिलो देखिएको छ । उनले १७ हजार ८२६ मत प्राप्त गरेकी छन् । अहिले काठमाडौं महानगरको मतगणना जारी छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार २१:१९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया