टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी

काठमाडौं– नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । आइतबार मन्त्रिपरिषद्ले खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनमध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।

प्रबन्ध निर्देशक छान्न सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनेट समिति गठन गरेको थियो । समितिले अन्तिम तीनमा नम्बरका आधारमा क्रमशः डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

टेलिकमको १०औँ तहमा कार्यरत अधिकारीलाई कार्यक्षमता र योजनाका आधारमा टेलिकमको नेतृत्व दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।





  • प्रकाशित मिति : पुस २२, २०७५ आइतबार १९:१०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया