गठबन्धनलाई हराउँदै घोराही उपमहानगरको मेयर/उपमेयरमा एमाले विजयी, प्रमुखमा चौधरी दोहोरिए

दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँ सत्ता गठबन्धनका संयुक्त उम्मेदवारलाई हराउँदै मेयरमा नरूलाल चौधरी र उपमेयरमा हुमाकुमारी डिसी विजयी भएका हुन् ।

मेयरमा चौधरी ३१७२८ मतका साथ विजयी भए । सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पोखरेलले २६३६८ मत ल्याए । उपमेयरमा विजयी एमाले उम्मेदवार डिसीले ३०४०३ मत ल्याइन् ।

सत्तागठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले ३०३५४ मत प्राप्त गरे । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार ६:४५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया