ललितपुर महानगरपालिका–१० को वडाध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार पराजित भएका छन् । १० पटक वडाध्यक्ष निर्वाचित भइसकेका उनी यसपालि २८२ मतले पराजित भएका हुन् ।
८१ वर्षीय नरसिंह आफ्नै ४४ वर्षीय भतिजसँग पराजित भए । नेपाली कांग्रेसबाट उम्मेदवार उनका भतिज रविनमान व्यञ्जनकार ८२५ मत ल्याउँदै वडाध्यक्षमा विजयी भए ।
नरसिंहले ५४३ मत ल्याए। व्यञ्जनकारले ‘पुतली’ चुनाव चिन्ह पाएका थिए । आधा शताब्दीदेखि लगातार वडाध्यक्ष रहेका नरसिंहले पहिलो पटक चुनावी हार बेहोरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।