हेटौंडामा गठबन्धनको अग्रता कायमै, राप्रपालाई उछिनेर दोस्रोमा उक्लियो एमाले

मकवानपुरको हेटौंडा उपमहानगरपालिका मेयर पदमा रोचक प्रतिस्पर्धा कायमै छ । पछिल्लो २ दिनयता तेस्रो स्थानमा रहेको नेकपा एमाले मतान्तरको खाडल पुरेर बिहीबार रातिबाट दोस्रो स्थानमा उक्लिएको छ ।

मतगणनाको सुरुवातमा पहिलो स्थानमा गठबन्धन र एमालेबीचको आलोपालो अग्रता थियो । तर, अघिल्लो २ दिनयता तेस्रोमा झरेको एमालेले आफूलाई उछिनेको राप्रपालाई पुनः पछि पारेको छ । 

यता गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी मीनाकुमारी लामाले पनि आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् । राप्रपाभन्दा ७३० मतले पछि रहेको एमाले अहिले १३८ मतले अघि लागेको छ । 

अब गठबन्धनकी लामा र एमालेका अनन्त पौडेलबीचको मतान्तर १ हजार २६ रहेको छ । एमालेलाई दोस्रो स्थानमा बढाउन योगदान गरेको हेटौंडाको १४ नम्बर वडामा एमाले विजयी भएको छ ।

हेटौंडाको १९ वटा वडामध्ये १, २, ३, ६, १६, १७, १८ र १९ को मत गणना सकिएको छ । यसपालि उपमहानगरपालिकामा झण्डै ७४ हजार मत खसेको छ । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार ७:३५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया