कांग्रेसको पकड क्षेत्र कैलालीको जोशीपुरमा रेशम चौधरीको पार्टी विजयी

कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । उनी ४ हजार ९ सय ३ मत प्राप्त गर्दै पालिका अध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्सराम बडायक थारूले ३ हजार ३ सय ६८ मत प्राप्त गरे । यो कांग्रेसको पकड क्षेत्र हो । यसअघि यहाँ कांग्रेसले जित्दै आएको थियो । यसपालि जोशीपुरमा कांग्रेसले एक वडा पनि हात पार्न सकेन । गाउँपालिकाको उपाध्यक्षमा नागरिक उन्मुक्ती पार्टीकै रेखादेवी कठरिया विजयी भएकी छन् ।

उनले ४ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजार ९ सय ६१ मत प्राप्त गरे ।

०७२ सालमा टीकापुरमा भएको घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशमलाल चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गत वर्षको पुसमा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका थिए ।

उक्त पार्टीले टीकापुरमा पनि प्रमुख जितेको छ । ७ वटा वडा रहेको यस पालिकामा १, ३, ४ र ५ वडासहित अध्यक्ष नागरिक उन्मुक्ति पार्टीले जितेको हो । 

वडा नम्बर २ भने जनता समाजवादीले जितेको छ । वडा नम्बर ६ माओवादी केन्द्र र ७ मा एमालेले जित हासिल गरेका छन् ।  





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार ८:४२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया