हेटौंडामा ५२ हजार गणना हुँदा मीनाको अग्रता कायमै, पछिपछि एमाले र राप्रपा

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता कायमै राखेकी छन् । 

५२ हजार ९०१ मत गणना हुँदा उनले १६ हजार ४७१ मतका साथ अग्रता कायमै राखेकी हुन् । लामालाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १५ हजार ४०९ मत प्राप्त गरेका छन् । 

अहिले पौडेल र लामाको मतान्तर १०६२ रहेको छ ।  राप्रपाका मेयर प्रत्यासी दीपकबहादुर सिंहले १४ हजार ७४९ मत प्राप्त गरेका छन् । उनी बुधबार साँझदेखि तेस्रो स्थानमा खस्किएका हुन् ।

त्यस्तै,  उपमहानगरको उपमेयरमा कांग्रेसका राजेश बानियाँ २३ हजार ८९७ मतका साथ अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले १७ हजार २८० मत प्राप्त गरेकी छन्  । 

त्यस्तै, राप्रपाकी उपमेयर प्रत्यासी इन्दिरा न्यौपाने डल्लाकोटीले ३ हजार ७०८ मत प्राप्त गरेकी छन् । 
 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १२:१७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया