प्रदेश-१ का मुख्यमन्त्री राईकै वडामा नेकपा एस पराजित

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको वडामै नेकपा एकीकृत समाजवादी पार्टी पराजित भएको छ । नेकपा (एस) प्रदेश–१ को संसदीय दलका नेतासमेत रहेका उनकै वडामा पार्टी पराजित भएको हो । 
 
मुख्यमन्त्री राईको गृह नगरसमेत रहेको भोजपुरको षडानन्द नगरपालिका–११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भूपालकुमार कार्की विजयी भएका हुन् । उनले ६ सय ९६ मत ल्याएर निर्वाचित हुँदा नेकपा (एस) का मिलन विष्टले ३७७ मत प्राप्त गरे। एमाले भने तेस्रो भएको छ । एमालेका ज्ञानेन्द्रप्रसाद दाहालले २ सय १० मत प्राप्त गरे । 

षडानन्द नगरपालिका– १, ५, ७, १०, १२ र १४ नम्बर वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर २, ४, ६, ८, ११ र १३ मा कांग्रेस विजयी भयो । नेकपा एसले एउटा मात्र ९ नम्बर वडा र माओवादी केन्द्रले ३ नम्बर वडामा हात पारे ।

षडानन्दमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । तर, मेयरमा एमालेका सुरेन्द्र उदास विजयी भए । उनले ६७७२ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट कांग्रेसका बीरबल राईले ५७५७ मत मात्र प्राप्त गरे ।  

उपप्रमुखमा भने माओवादी केन्द्रकी प्रमिला राई ७२५७ मतसहित विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मेरीका राईले ४३५८ मत ल्याइन् । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १२:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया