धनुषाको धनुषाधाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा बालेश्वर मण्डल र उपमेयरमा विद्या देवी भुजेल निर्वाचित भएका हुन् ।
मेयरमा विजयी भएका मण्डलले ४ हजार ७१८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले ४ हजार १७९ मत प्राप्त गरे ।
उपमेयरमा कांग्रेसकै भुजेल ४ हजार १२५ मतका साथ विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ति देवी सुडीनले ३ हजार ६०३ मत ल्याइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।