धनुषाको शहीदनगरमा मेयरमा जसपा र उपमेयरमा कांग्रेस निर्वाचित

धनुषाको शहीदनगर नगरपालिकामा जनता समाजवादी पार्टीका मेयर र नेपाली कांग्रेसका उपमेयर निर्वाचित भएका छन् । 

मेयरमा जसपाका दिनेशप्रसाद यादव निर्वाचित भएका हुन् । उनी ५ हजार ७४३ मतका साथ विजयी भएकी हुन् ।

प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधिरकुमार गोइतले ४ हजार १०५ मत प्राप्त गरेका हुन् । निवर्तमान मेयर माओवादी केन्द्रका उदयकुमार यादव ४ हजार ७७ मतमा सीमित भएका छन् । 

यस्तै, उपमेयरमा कांग्रेसकी सुनिताकुमारी सिंह निर्वाचित भएकी छन् । उनले ४ हजार ९३१ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी लक्ष्मिनिया कुमारी मण्डलले ४ हजार ७९१ मत ल्याइन् । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १४:१६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया