काठमाडौं महानगर अपडेट : बालेनलाई ११ हजार २०४ मतको अग्रता
फरकधार / ५ जेठ, २०७९

स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । यहाँ अहिलेसम्म  ५९ हजार ९७ मत गणना भएको छ । 



ताजा मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको लगातार अग्रता कायमै छ । बालेनले २३ हजार ५८४ मत पाएर लिड गरिरहेका छन् । 

उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार केशव स्थापितले १२ हजार ३० मतसहित दोस्रो स्थानमा छन् । 



त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ११ हजार ४९९ मत पाउँदै तेस्रो स्थानमा छिन् । 



काठमाडौंका ६, ७, २७, २, २९, ३१ र ३२ वडाको मत गणना भइरहेको छ ।

  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १५:३०:१३,   अन्तिम अपडेट : जेठ ५, २०७९ बिहीबार १५:३१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया