काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । अहिलेसम्मको मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् ।
पछिल्लो पटक गणना भएको वडा नम्बर २७ मा भने एमालेका मेयर उम्मेदवार केशव स्थापितले प्रारम्भिक अग्रता लिएका छन् ।
महावौद्ध क्षेत्रमा पर्ने यो वडामा एमालेका स्थापितले २०० मत गन्दा ११८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका बालेनको भने ३२ मत आएको छ ।
त्यस्तै, सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त पाएर तेस्रो बनेकी छन् । अहिले यहाँको मत गणना जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।