सर्लाहीमा लोसपाको पहिलो जित

गोडैता नगरपालिकामा जित निकाल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्लाहीमा आफ्नो साख जोगाएको छ । 

गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादीको तर्फबाट मेयरको उम्मेदवार बनेका देवेन्द्रकुमार यादव दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । यादवले ५४२ मत अन्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार कुशवाहकलाई पराजित गरे । जितसँगै यादवको ५ वर्षे कार्यकाल दोहोरिएको छ ।

विजयी भएका यादवले ५२९४ मत प्राप्त गरे । निकटतम देखिएका कुशवाहले ४७५२ मत मात्र पाए । योसहित कुशवाह दोस्रोपटक मेयरपदको उम्मेदवारबाट पराजित भएका हुन् । उनी २०७४ मा पनि गोडैता नगरपालिकाबाट मेयरको उम्मेदवार बनेका थिए । तर, कुशवाहले निवर्तमान मेयर यादवसँग २५५ मत अन्तरले पराजित भएका थिए । 

लगत्तै भएको प्रदेश सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ को (ख)बाट निर्वाचित भएका थिए । निर्वाचित सांसद समेत रहेका उनले यस निर्वाचनको लागि मधेस प्रदेश सांसदबाट राजीनामा दिएर मेयरमा फेरि यसपटक पनि उम्मेदवारी दिएका हुन् ।

यस्तै, उपमेयर पदमा पनि लोसपाबाट उम्मेदवार बनेकी अञ्जना कुशवाह निर्वाचित भएकी छन् । उनले कुल ५३०१ मत प्राप्त गरिन् । निवर्तमान उपमेयरसमेत रहेकी ८०५ मत अन्तरको जित निकालेकी हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रामसखी देवीले ४४९३ मतमात्र प्राप्त गरिन् । 

निर्वाचित मेयर यादव र उपमेयर कुशवाह ०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट मेयर र उपमेयरमा निर्वाचित भएका थिए । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १९:९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया