काठमाडौं महानगर अपडेट : बालेनलाई ११,६२३ मतको अग्रता

काठमाडौं महानगरपालिकाको ताजा मत परिणाम सार्वजनिक भएको छ । जसमा  मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको फराकिलो मतान्तर कायमै छ । 

पछिल्लो मत परिणामअनुसार बालेन साहले २४ हजार ३३५ मत प्राप्त गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ११ हजार ६२३ मतले अगाडि छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ७१२ मत पाएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंह ११ हजार ९१६ मत प्राप्त गरेकी छन् । मत गणना जारी छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १९:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया