काठमाडौं महानगरपालिकाको २७ नं वडामा भने एमाले उम्मेदवार केशव स्थापितले अग्रता लिएका छन् ।
साँझ ९ बजेसम्मको मतगणना अनुसार वडा नं २७ मा ५ सय मतगणना भएको छ । याे गणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले ६७ मत पाएका छन् । एमालेका उम्मेदवार केशव स्थापितले २ सय मत पाएका छन् । त्यस्तै, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ सय ४६ मत प्राप्त गरेकी छन् ।
यसअघि गनिएका सबै वडामा बालेन साहले अग्रता लिएका थिए। साँझ ९ बजेसम्म ६४ हजार ५ सय ७९ मत गणना भएको छ।
पछिल्लो मतपरिणाम अनुसार साहले २४ हजार ६ सय ३३ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार केशव स्थापितले १३ हजार ३७ मत प्राप्त गरेका छन्। त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२ हजार २ सय ७२ मत प्राप्त गरेकी छिन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।