स्थानीय तह निर्वाचन ७९ अन्तर्गत आज बिहान ६ बजेसम्म ६१७ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । गत शुक्रबार भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६१७ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
जसमा २७३ पालिकामा जित हात पार्दै नेपाली कांग्रेस शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले १७१ पालिकामा जित हात पारेको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १११ पालिकाको नेतृत्व पाएको छ ।
त्यस्तै, जनता समाजवादी पार्टीले १८, नेकपा (एकीकृत समाजवादी) ले १४, लोकतान्त्रिक समाजवादी पार्टीले ७ सात पालिका प्रमुख जितेको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टीसहित स्वतन्त्रतर्फका उम्मेदवारले २३ ठाउँमा जित हासिल गरेका छन् ।
उपप्रमुखतर्फ कांग्रेसले २५०, एमालेले १९२, माओवादी केन्द्रले ११६, एकीकृत समाजवादीले २०, जसपाले १७, लोसपाले सात ठाउँमा जितेका छन् । त्यस्तै, अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ पालिका उपप्रमुखमा विजयी भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।