गुजरातमाथि बैंग्लोरको शानदार जित, प्लेअफको सम्भावना जीवितै

इण्डियन प्रिमियर लिग (आइपिएल)  अन्तर्गत गएरातिको खेलमा गुजरात टाइटन्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ८ विकेटले विजयी भएको छ । गुजरातले दिएको १६९ रनको लक्ष्य बैंग्लोरले १८.४ ओभरमा दुई  विकेट गुमाएर पूरा गर्‍यो । 

उसका लागि विराट कोहलीले ७३ रनको अर्धशतकीय पारी खेले । ५४ बलको सामना गरेका उनले आठ चौका र दुई छक्का प्रहार गरे । कप्तान फाप डु प्लेसिसले ४४ र  ग्लेन म्याक्सवेलले अविजित ४० रन जोडे  ।​

गुजरातका लागि दुवै विकेट राशिद खानले लिए । त्यसअघि मुम्बईस्थित वान्खडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६८ रन बनाएको  थियो । उसका लागि कप्तान हार्दिक पाण्डेयले अविजित ६२ रनको अर्धशतकीय पारी खेले । उनले ४७ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।

डेविड मिलरले ३४, ऋद्धिमान शाहले ३१ र राशिद खानले अविजित १९ रन जोडे । बैंग्लोरका जोश हेजलउडले दुई  तथा ग्लेन म्याक्सवेल र वानिन्दु हसरंगाले एक/एक विकेट लिँदा एक विकेट रन आउटको रूपमा प्राप्त भयो । 

यो जितसँगै प्लेअफको सम्भावना जीवितै राखेको बैंग्लोर १४ खेलमा १६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । बैंग्लोर प्लेअफमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सविरुद्ध हार बेहोरे मात्र पुग्नेछ । 

दिल्ली र मुम्बई आज खेल्दै छन् । बैंग्लोरसँगको हारका बाबजुद प्लेअफ पुगिसकेको गुजरात १४ खेलमा २० अंकका साथ शीर्ष स्थानमा कायमै छ ।
 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार ७:९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया